News

Oct 13, 2010

दाहाल बने संविधान बनाउने कार्यदलको संयोजक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २७- संविधान निर्माणमा दलहरुबीच रहेको असहमति हटाउन गठित शीर्ष दलका नेताहरु सदस्य रहेको कार्यदलको आज बसेको पहिलो बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक तोकेको छ। संविधान सभाको सबैभन्दा ठूलो दलको हैसियतले दाहाललाई संयोजकको जिम्मेवादी दिइएको माओवादी नेता देव गुरुङले बताए। सभामुखको कार्यकक्षमा भएको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल सहभागी थिए।बैठकले कार्यदललाई सहयोग गर्न प्रमुख दलबाट सहयोगी समेत तोकेको छ। यसअनुसार काँग्रेसबाट दशैँअघिसम्मलाई रामशरण महत र दशैँपछि रमेश लेखकले कार्यदललाई सघाउने छन्। एमालेबाट भरतमोहन अधिकारी, फोरमबाट रत्‍नेश्वरलाल कायस्थ, नेमकिपाबाट सुनील प्रजापतिले सघाउने छन् भने रक्मिणी चौधरी र प्रेमबहादुर सिंह पनि सहयोगी तोकिएका छन्। कार्यदलको बैठक भोलि मध्याह्न १२ बजे पुनः बस्ने भएको छ।

No comments: