News

Oct 28, 2010

पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन,अवैधानिकरुपमा सञ्चालन हुँदै आएका चितवनका पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द भएका छन् ।सरकारले कडाई गर्न थालेपछि ती च्यानल हिजोदेखि अनिश्चितकालका लागि बन्द भएका हुन् ।यसअघि जिल्ला प्रशासन कार्यालय चितवनले वैधानिकरुपमा सञ्चालन गर्न बुधबारका लागि अन्तिम मिति दिएको थियो । बन्द भएका च्यानलमा चितवनको सबैभन्दा पुरानो वेसो च्यानल, युनिक, प्राइम, अर्पण र कलस रहेका छन् ।कलसबाहेक अन्य चार च्यानलले संयुक्तरुपमा एउटा वैधानिक च्यानल दर्ता गरेर निकट भविष्यमै नयाँ च्यानल सञ्चालनमा ल्याउने संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।संयुक्त विज्ञप्तिमा सरकारको स्पष्ट नीति नभएका कारण बन्द गर्न बाध्य भएको जनाइएको छ ।च्यानल बन्द भए पनि यहाँका सर्वसाधारण टेलिभिजनमार्फत स्थानीय गतिविधि हेर्नबाट वञ्चित भएका छन् ।

No comments: