News

Oct 25, 2010

आफैँले आफैँसँग पनि विवाह गर्न कस्सिए चेन वेई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विवाहमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हुन सक्छ ? वरलाई बधु र बधुलाई वर । यी दुईविना विवाह हुन्छ भन्ने कसैले पनि कल्पना गर्न सक्दैन ।तर, ताइवानमा आगामी महिना एउटा फरक खालको विवाह हुँदै छ । त्यो विवाहमा विवाह समारोहका लागि चाहिने सबै तामझाम हुनेछ । हुने छैन केवल वर । आफूले आफैसँग विवाह गर्ने ! यस्तो विवाह समारोह सुन्दा मात्रै आश्चर्यजनक छैन्, यसले मानव इतिहासमै नयाँ रेकर्डसमेत कायम गर्नेछ । आफैँसँग विवाह गर्न कस्सिएकी हुन् ताइवानकी चेन वेई । उनी आगामी महिना तीस वर्षकी हुँदै छिन् । आफैँसँग विवाह गर्नुका वेईसँग दुईवटा बलिया कारण छन् । पहिलो उनी समाजलाई बताउन चाहन्छिन्- आफैँले आफैँसँग पनि विवाह गर्न सकिन्छ । त्यसले गर्दा समाजमा उनलाई अविवाहितको रूपमा लिइने छैन र अविवाहितलाई गरिने विभेदबाट उनी मुक्त हुनेछन् । दोस्रो, आफूले आफैँसँग उनको विवाह गर्दा आत्मसम्मान बढ्नेछ । 'कसैसँग नजोडिँदैमा तपाईंको अस्तित्व सकिन्छ भन्ने होइन् । तपाईं आफैँमा महत्त्वपूर्ण हो,' उनले बिबिसी संवाददातासँग भनेकी छन् । वेईको यो कदमले ताइवान सरकारको योजनामा अलिकति भए पनि धक्का लागेको छ । ताइवानले कम हुँदै गएको जनसंख्या वृद्धि गर्न नयाँ योजना ल्याइरहेको छ । यस्तो वेला चेन आफैँसँग विवाहका लागि तयारी गर्दै छिन् । चेनको यो कदमलाई त्यहाँका सञ्चामाध्यमहरूले पनि तारिफ गरेका छन् । एक सञ्चारमाध्यमले भनेको छ, 'चेनको यो निर्णयले आफैँलाई सम्मान दिने भावना बढ्नेछ ।'

No comments: