News

Oct 20, 2010

अन्तर्राष्ट्रिय सांस्कृतिक मेलामा नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ,नेपालसहित विश्वका करिब ३० देशको सहभागिता रहेको सप्ताहब्यापी अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव “आपसमा बाँडौं” भन्ने नाराका साथ बेइजिङमा सुरु भएको छ ।चीन र नेपालसहित विश्वका ८० देशका २१ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने बेइजिङस्थित रनमिन विश्वविद्यालयमा आयोजित महोत्सवमा विभिन्न देशको फोटो तथा चलचित्र प्रदर्शन गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।सबैभन्दा महत्वपूर्ण मानिएको महोत्सवको उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले कार्यक्रममा सहभागी सबै कूटनीतिज्ञको तर्फबाट रनमिन विश्वविद्यालयलाई धन्यवाद दिँदै महोत्सवबाट विभिन्न देशबीचको सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पुगेको बताउनुभयो ।उद्घाटन समारोहमा नेपाललगायत विभिन्न देशका कूटनीतिज्ञ, चीनको शिक्षा मन्त्रालाय एवम् विश्वविद्यालयका अधिकारी, प्राध्यापक तथा हजारौं विद्यार्थीको सहभागिता थियो ।बेइजिङस्थित नेपाली दूतावासको सहयोग तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सोही विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले महोत्सवमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।महोत्सवको पहिलो दिन विभिन्न देशले छुट्टाछुट्टै प्रदर्शनी कक्षबाट आ-आफ्नो मुलुकको कला, संस्कृति, भेषभूषा, रहनसहनलगायतका बारेमा जानकारी दिए ।

No comments: