News

Oct 13, 2010

आज विश्व प्राकृतिक प्रकोप न्यूनिकरण दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज विश्व प्राकृतिक प्रकोप न्यूनिकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् ।विश्व प्राकृतिक प्रकोप न्यूनिकरण दिवसकै सन्दर्भमा मंगलबारदेखि ललितपुरको जावलाखेलमा भइरहेको प्रदर्शनी आज सकिँदैछ । प्रकोप न्युनीकरणका क्षेत्रमा काम गर्दै आइरहेका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रकोप न्युनिकरण गर्ने सम्बन्धी चेतना दिने उद्देश्यले प्रदर्शनी गरेका हुन् ।सन् १९८९ देखि हरेक वर्षको अक्टोबार महिनाको दोस्रो बुधबार विश्व प्राकृतिक प्रकोप न्यूनिकरण दिवस मनाउन थालिएको हो ।

No comments: