News

Oct 11, 2010

बलिउडका अभिनेता अजय देवगनले हवाइजहाज किने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई, असोज २५,अजय देवगन निजी हवाईजहाज किन्ने बलिउडका पहिलो अभिनेता भएका छन्। उनले भर्खरै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि हवाईजहाज किनेको समाचार प्रकाशमा आएको छ। समाचार स्रोतका अनुसार अजयले लामो समयदेखि प्रतीक्षा गरिरहेको मोडलको जहाज किनेका हुन्। आफ्नो पुरानो इच्छा पूरा भएकोमा अजय खुशी छन्। ६ सिट क्षमताको जहाजलाई उनले व्यक्तिगत रूपमा सुटिङ, प्रवर्द्धन र अरू यात्रामा प्रयोग गर्नेछन्। आवश्यक कागजपत्र नपाउन्जेल उनको जहाजलाई चेन्नई विमानस्थलमा राखिएको छ। उड्डयन प्राधिकरणबाट अनुमति पाएपछि जहाजलाई मुम्बईको कलिना विमानस्थलमा ल्याइनेछ। 'अजयले धेरै पहिलेदेखि हवाईजहाज किन्ने योजना लिएका थिए,' नजिकका एक व्यक्तिले बताए।

No comments: