News

Oct 14, 2010

खगेन्द्रलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, आश्विन २८ - पोखरामा गिनिज बुक अफ द वल्र्ड रेकर्डले बिहीबार खगेन्द्र थापा मगरलाई संसारकै होचा व्याक्तिको प्रमाणपत्र प्रदान गरेको छ । रेकर्डसका उपाध्यक्ष मार्को फिरगाटीले एक समारोह बीच पोखरामा होचा व्याक्तिको प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । खगेन्द्रको उचाई ६७ दशमलब ८ सेन्टिमिटर र तौल ६ दशमलब ५ किलोग्राम रहेको छ । बाग्लुङको धुल्लुबांस्कोट ६ उल्लेरीमा जन्मेका उनी बिहीबारबाट १८ बर्ष पूरा गरेर १९ औं बर्षमा प्रवेश गरेका छन् । प्रमाणपत्र समारोहमा खगेन्द्रलाई बधाई दिन र हेर्न बिभिन्न क्षेत्रका व्याक्तिहरूको जमघट भएको थियो । सरकारले दिएको नागरिकता, स्वास्थ्य परीक्षण लगायतलाई आधार मानेर खगेन्द्रलाई होचा व्याक्तिको प्रमाणपत्र दिईएको मार्कोले बताए । खगेन्द्रको बारेमा थप अनुसन्धान र परीक्षण गरी होचा व्याक्तिको प्रमाणपत्र प्रदान गर्न दुई दिनअघि गिनिजको टोली पोखरामा आईपुगेको थियो । उनको वास्तविक उचाई र तौल पत्ता लगाउन बुधबार स्थानीय फेवासिटी हस्पिटलमा बालरोग बिशेषज्ञ डा. हुमप्रसाद न्यौपानेले बिहान, दिउँसो र साँझ परीक्षण गरेका थिए । साथै बिहीबार बिहान पनि परीक्षण गरिएको थियो ।
होचा व्याक्तिको प्रमाणपत्र पाएका खगेन्द्र यतिखेर सबैका चासो र आर्कषणका व्याक्ति बनेका छन् । उनको बारे बुझ्न बिभिन्न अन्र्तराष्ट्रिय, राष्ट्रिय संचार संस्थाका प्रतिनिधिहरू यतिबेला पोखरामा आईपुगेका छन् । खगेन्द्रलाई हेर्न बिहानैदेखि पाखरामा भीड लागेको छ । जन्मदा अण्डाको आकार जस्ता खगेन्द्र बाँच्ने आशा मारिसकेका आमा धनकला र बुबा रुपबहादुरले छोराको कारण नेपालको नाम संसारमै प्रसिद्व भएकोमा खुसीले हर्षविभोर भएको व्यक्त गरे ।

No comments: