News

Oct 12, 2010

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रेस-विज्ञप्ति

आजको विभिन्न छापा तथा विद्युतीय टेलिभिजन र एफएम् रेडियोलगायतका सञ्चार माध्यमहरुबाट सम्प्रेसित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्षको रुपमा लक्ष्मण थारुलाई जोडेर आएको प्रसङ्गप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ध्यानाकर्षण भएको छ । समाचारमा जोडिएका नीज लक्ष्मण थारु हाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको साधारण सदस्यसमेत नरहेको व्यहोरा सम्बद्ध सबैमा अवगत गराउँदछौं । साथै, केही समाचार माध्यमहरुले गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको स्थापना लक्ष्मण थारुले गरेका हुन् भन्ने भ्रामक हल्लाप्रति पनि घोर आपत्ति जनाउँदछौं । नीज लक्ष्मण थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संस्थापक नभई मञ्चको स्थापनाकालमा उनी माओवादीमा रहेको तथ्य स्वयम् समाचाहरुले नै उल्लेख गरेकोबाट पनि प्रष्ट हुन्छ । सञ्चार माध्यमलगायत प्रहरी प्रशासनलाई समेत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष को हुन् र नीज लक्ष्मण थारु कुन पार्टीका अध्यक्ष हुन् भन्नेबारे तथ्य जानकारी नभए निर्वाचन आयोग, नेपालमा बुझेरै भएपनि सम्प्रेसित गलत समाचारलाई सच्याएर जनतालाई सही सूचना प्रदान गर्नहुन हार्दिक आग्रह गर्दछौं । धन्यवाद !
..........................
डीबी लिम्बू
सचिव
सूचना तथा साचार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

No comments: