News

Oct 30, 2010

न्यायाधीश नियुक्ति संयन्त्रमा सहमति हुन सकेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक १३, नयाँ संविधानमा जारी भएपछि न्यायाधीश नियुक्ति गर्न संवैधानिक परिषद जस्तै स्वतन्त्र निकाय गठन गर्ने सहमति भए पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको शनिबारको बैठक यसबारे टुंगो नलगाइ स्थगित भएको छ। कार्यदल संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस बारे छलफल भए पनि भोलि बस्ने बैठकले मात्र टुंगो लगाउने जानकारी दिएका छन्। वस्थापिकाको स्थायी समितिले सबै अदालतका न्यायाधीश नियुक्ति गर्नुपर्ने अडानमा रहेको माओवादी हिजो स्वतन्त्र न्यायपालिका राख्न सहमत भएको थियो। स्वतन्त्र निकायको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि शनिबारको बैठक सकिएको हो। नाम र संरचना बारे बैठकमा छलफल भएको बताउँदै माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने- 'आ आफ्नो कार्यव्यस्थताले चाँडै बैठक स्थगित गर्नुपरेको हो, भोलि सबै कुरा फाइनल हुन्छ।'सिंहदरबारमा भएको बैठकबाट शीर्ष नेताहरु बाहिरिएपछि उनीहरुका सहजकर्ताको बैठक बसेको छ। माओवादी नेता देव गुरुङ, कांग्रेसका रमेश लेखक र एमालेका भरतमोहन अधिकारी सहभागी छन्।

No comments: