News

Oct 30, 2010

उच्चस्तरीय कार्यदलको बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानका विवादित विषयलाई टुङ्गो लगाउन बनेको उच्चस्तरीय कार्यदलको आजको बैठक पनि कुनै टुँगोमा नपुगी सकिएको छ ।सिंहदरबारमा रहेको राज्यव्यवस्था समितिको कार्यालयमा बसेको बैठकमा संविधान सभा अन्तर्गतको न्याय प्रणली समितिमा मा देखिएका विवादका बारेमा छलफल भएको थियो ।न्याधिसको नियुक्ति र बर्खास्त गर्ने निकायको स्थापनामा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । हालको संबैधानिक परिषद वा न्याय परिषद जस्तै निकाय स्थापना गर्ने भनिएपनि उक्त निकायको नामाकरण गर्ने बिषयमा नेताहरकाबीच सहमति बन्न नसकेको बताइएको छ ।सहमतिको नजिक पुगिएको भएपनि आफ्नो व्यस्तताका कारण बैठक सक्नु परेको उच्चस्तरिय कार्यदलका संयोजक रहनु भएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो ।थोरै बिषयमा सहमति गर्न बाँकी रहेकाले भोलिको बैठकबाट टुङ्ग्याउने उहाँले बताउनुभयो । कार्यदलको बैठक भोलि बिहान १० बजे फेरि बस्ने छ । कार्यदलको म्याद १८ सम्मका लागि तोकिएको छ ।

No comments: