News

Oct 16, 2010

नेपालमा बनेका विशाल बुध्द मूर्ति क्यानडामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, आश्विन ३० - क्यानडाको टोरन्टो, इटोबिकोकस्थित तिब्बतीयन क्यानडियन सांस्कृतिक केन्द्रमा शुक्रबार नेपालमा बनेका तीन विशाल बुध्द मूर्ति आइपुगेका छन् । दलाई लामाको क्यानडा भ्रमणअघि ती मूर्ति आएका हुन् । दलाई लामा शान्तिसम्बन्धी प्रवचन दिन रोजर्स सेन्टर आउँदो शुक्रबार क्यानडा आउँदैछन् । भ्रमणको दोस्रो दिन उनले सांस्कृतिक केन्द्रको उदघाटन गर्ने कार्यक्रम छ । केन्द्र बनाउने योजना सन् २००९ सेप्टेम्बरमा बनेको हो । निर्माण गत जुलाईमा सुरु भएको हो भने आगामी मार्चमा सकिदैछ ।
तीनमध्ये एउटा मूर्ति सोह्र फिट अग्लो छ । ती मूर्ति नेपालका बौध्द भिक्षुहरुले तिब्बतीयन सांस्कृतिक केन्द्रका लागि विशेष रुपमा बनाएका हुन् । यी मूर्ति नेपाली हस्तकलाका रुपमा क्यानडा भित्र्याइएको छ । मूर्तिमा ढलौट, पित्तल, तामा र सुन प्रयोग गरिएको छ । केहि महँगा पत्थर पनि प्रयोग गरिएको छ । हातैले रंग गरिएको यी मूर्ति परम्परागत शैलीमा बनाइएको छ । मूर्तिभित्र श्लोक, प्रार्थना लेखिएका पानाहरु राखिएका छन् । विश्वभरका विभिन्न स्थानबाट ल्याइएको माटो पनि छ । ती पानाहरु तयार पार्न ४० भिक्षुलाई तीन साता लागेको थियो ।

No comments: