News

Oct 22, 2010

'अश्लिल सामाग्री बिक्री वितरण गरे ५ वर्षसम्म कैद र १ लाख जरिवाना'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ५,कानुनले निषेध गरेको अश्लिल सामाग्रीहरु कसैले प्रशारण, प्रर्दशन र बिक्री वितरण नगर्न शुक्रवार गृह मन्त्रालयले सबैलाई सचेत गराएको छ । सूचना प्रविधिको प्रयोगमा आएको व्यापकतासगै इन्टरनेट लगायतका विधुतीय संन्चार माध्यमहरुमा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका तस्विर र सन्देशहरु जथाभावी आउन थालेपछि गृहले यस्तो चेतावनीयुक्त सूचना जारी गरेको हो । अश्लिल समाग्रीले समाजमा विकृति बिसंगती फैलाउनुका साथै आपराधिक गतिविधि समेत बढेकाले यस्तो सूचना जारी गर्नुपरेको गृहका प्रवक्ता जयमुकुन्द खनालले बताए । खनालका अनुसार विधुतिय कारोवार ऐनले निषेध गरेको त्यस्ता सामाग्रीहरु इन्टरनेट सेवा प्रदायक लयागत सम्बद्ध संस्थाहरुले प्रशारण प्रर्वद्धन वितरण एवं प्रवाह गर्न पाउने छैनन ।
उनका अनुसार यस ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका अश्लिल सामाग्रीहरु कसैले पनि प्रकाशन, प्रर्दशन, प्रशारण एवं विक्री वितरण गरेको पाइए उक्त ऐनको दफा ४७ बमोजिम एक लाख रुपैया जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेका छ । गृहले शुक्रवार जारी गरेको बिज्ञप्तीमा यस ऐन बिरुद्ध कसैले कार्य गरेको सूचना भए इमेल गर्न र लिखित सूचना दिनका लागी छुट्टाछुट्टै नौ वटा ठेगाना समेत जारी गरेका छ । अश्लिल गतिविधी गरेको सूचनाका बिरुद्ध कसैले लिखित उजुरी गर्नका लागि गृह मन्त्रालय, सूचना तथा सन्चार मन्त्रालय, नेपाल दुरसन्चार प्राधिकरण र प्रहरी मुख्यालयमा सूचना दिन सूचित गरिएको छ । त्यस्तै इमेल गरी जानकारी दिनका लागि siteinfo@nta.gov.np, info@nepalpolice.gov.np, info@moha.gov.np, moiogon@ntc.net.np, apf.security division@gmail.com मा पनि जानकारी दिन सकिने उल्लेख छ ।

No comments: