News

Oct 27, 2010

शिक्षकहरुले अनिश्चितकालिन रिले अन्सन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजबिराज, कार्तिक १० - राहत तथा पिसिएफ शिक्षकहरुले जिल्ला शिक्षा कर्यालय सप्तरीको परिसरमा शुरु गरेको अनिश्चितकालिन रिले अन्सन आज आठौं दिन पनि जारी राखेका छन् । पहिलो चरणको समान्य धर्ना बाट माग पूरा नभएपछि तलव सुबिधाको माग गर्दे संघर्षमा उत्रेका ४८ जना राहत तथा पिसिएफ कोटाका शिक्षकहरुले सात दिन यता कार्यालय परिसरमै २४ घन्टे रिले अनसन जारी राखेका हुन् । अनसनमा सहभागी २ जना बिरामी परेका छन् । उनीहरुको अनसन स्थलमै स्लाईन पानि दिएर उपचार भईरहेको छ ।
नियम अनुसार प्रतिष्पर्धामा भाग लिई आफूहरु नियुक्ति पाएर ६ महिना भन्दा बढी दिन देखि काम गर्दै आएपनि शिक्षा कार्यालयले नियुक्ति समर्थन नगरेको र तलब निकासा नदिएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रामकृष्ण यादवले बताए । उनले भने महान चाड दशै बित्यो तर, शिक्षा अधिकारीले दिएको आश्वासन अनुसार माग पूरा नभएपनि बाध्य भएर संघर्षमा उत्रिनु परेको छ । तलव पाउन नसकेका ४८ जना महिला तथा पुरुष शिक्षकहरु पालै पालो अनसनमा बस्दै आएका छन् । यता जिल्ला शिक्षा अधिकारी सत्रुधन प्रसाद यादवले यसअघिका शिक्षा अधिकारी केदार तिवारीले नियम नपुर्‍याएर कोटा बितरण गरेकाले नियुक्ति समर्थन गर्न समस्या भएको बताए ।

No comments: