News

Oct 25, 2010

यो वर्ष तिहारको भाइटीका दुईदिन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिन्दुको दोस्रो ठूलो चाड तिहार यो वर्ष नेपाली पञ्चाङ्ग अनुसार कात्तिक १७ गते द्वादशीबाट यमपञ्चक आरम्भ हुनेछ र सो दिन यमराजलाई दीपदान गर्ने परम्परा छ ।पञ्चाङ्गअनुसार १८ गते बिहीबार काग तिहार मनाइने छ र सोही दिन धन्वन्तरी जयन्ती परेकाले जयवागेश्वरी पीठमा धन्वन्तरी महोत्सवको आयोजना गरी मनाइने भएको छ ।यस्तै १९ गते शुक्रवार कुकुर तिहार मनाइने र सो दिन १२ वजेर ४१ मिनेट उप्रान्त औँशी तिथि लाग्ने भएकाले बेलुकी लक्ष्मीपूजा गरिनेछ भने २० गते शनिबार बिहान गाई तथा गोरु पूजा गर्ने र सोही दिन नेपाल संवत् प्रारम्भका दिन परेकाले नेवार समुदायमा नेपाल संवत्का दिन म्हःपूजा गर्ने प्रचलन रहेका छ ।यसैगरी पञ्चाङ्ग अनुसार २१ गते आइतबार बिहान ९ बजेर २२ मिनेट उप्रान्त द्वितीया तिथि प्रारम्भ हुने भएकाले सोही दिन गोवर्धन पूजा र भाइटीका गर्नुपर्ने जनाएको छ ।यता न्हुदँ समारोह समिति ११३१ तथा नेपालभाषा मंका खलःले नेवार समुदायलाई २० गते लक्ष्मी पूजा, २१ गते म्हःपूजा तथा नेपाल संवत् र २२ गते भाइटीका गर्न आहृवान गरेको छ ।

No comments: