News

Oct 20, 2010

सत्तरी जिल्लामा शान्ति समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ३ - शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्ति प्रक्रियामा स्थानीय नागरिकको सहभागिता होस् भन्ने उद्देश्यले ७० जिल्लामा स्थानीय शान्ति समिति गठन गरेको जनाएको छ। मन्त्रालयका सहसचिव हरिप्रसाद दवाडीकाअनुसार ती जिल्लाका सात नगरपालिका र ५९७ गाउँ विकास समितिमा शान्ति समिति गठन गरिएका छन्। रामेछाप, सिन्धुली, गोरखा, तनहुँ र कास्की जिल्लामा भने अझै यस्ता समिति गठन हुन सकेका छैनन्। स्थानीय नागरिकहरुबीच सहमति हुन नसक्दा ती जिल्लामा समिति गठन गर्न नसकिएको मन्त्रालयले जनाएको छ।दलहरुबीच बृहत शान्ति संझौतामा हस्ताक्षर भएपछि मन्त्रालयले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन जिल्ला तहमा स्थानीय शान्ति समितिहरु गठन गर्दै आएको छ।सहसचिव दवाडीका अनुसार ती समितिहरुमा माओवादी पीडित, राज्यपक्षबाट पीडित, नागरिक समाजका सदस्य, राजनीतिक दलका पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागी हुने गरेका छन्।

No comments: