News

Oct 22, 2010

नेपालको जनसंख्या करिब ३ करोड विश्व जनसंख्या प्रतिवेदनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, कार्तिक ५, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, युएनएफपीएले नेपालको जनसंख्या करिब ३ करोड पुगेको बताएको छ । बुधबार जारी विश्व जनसंख्या स्थिति २०१० नामक प्रतिवेदनले उक्त तथ्यांकले सार्वजनिक गरेको हो । प्रतिवेदन, द्वन्द्व र अभावदेखि विरामः परिवर्तनका पुस्ताहरु, मा केन्द्रित छ । प्रतिवेदनले नेपालको द्वन्द्वमा महिलाको भूमिकालाई विशेष स्थान दिएको छ । महिला, शान्ति र सुरक्षा विषयमा केन्द्रित संरासंघीय सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ सन् २००० अक्टोबर ३१ मा आएको थियो । उक्त प्रस्ताव पारित भएको १० औं वार्षिकोत्सवमा प्रकाशित प्रतिवेदनले नेपाली महिलालाई दुइ विशेष अंशमा समेटेको छ । ती अंश जब महिला योध्दा हुन्छन्, पृष्ठ ४५, र शान्ति निर्माताका रुपमा महिला, पृष्ठ ८५, हुन् ।
१ सय १६ पृष्ठ लामो प्रतिवेदनले नेपालको बाल मृत्यु दर ३८, एक हजार जन्म, मा बताएको छ । पुरुषभन्दा महिला बढि बाँच्छन् भनेको छ । नेपालमा पुरुष ६६ दशमलव ६ वर्ष र महिला ६८ दशमलव २ प्रतिशत बाँच्ने उल्लेख छ । अहिले २ करोड ९९ लाख पुगेको नेपालको जनसंख्या सन् २०५० मा ४ करोड ९० लाख पुग्ने अनुमान छ । प्रतिवेदनमा २००५ देखि २०१० मा जनसंख्या वृध्दिदर १ दशमलव ८ प्रतिशत रहेको उल्लेख छ । यहि अवधिमा शहरी जनसंख्या ५ प्रतिशत बढेको र अहिले शहरमा बस्नेको संख्या १९ प्रतिशत छ, प्रतिवेदन भन्छ । प्राथमिक तहमा छात्र १२३ र छात्रा १०६ भर्ना भएकोमा माध्यमिक पुग्दा ४६ र ४१ मात्र पढिरहेको पाइन्छ, प्रतिवेदन भन्छ ।

No comments: