News

Oct 14, 2010

दुई वर्षे यौनिकतासम्बन्धी परियोजना सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर,नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखा जडिबुटीले सन् २००८ देखि २०१० सम्मका लागि सञ्चालन गरेको दुई वर्षे यौनिकतासम्बन्धी परियोजना सम्पन्न गरेको छ ।अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले प्रतिपादन गरेको यौनिकता सम्बन्धी अधिकारलाई मानवअधिकार एवम् प्रजनन् अधिकारका रूपमा लिन डाँची ईन्द्रायणी र मुलपानी गाविसको दलित वस्तीमा सो परियोजना लागू गरिएको थियो ।उपत्यका शाखाका प्रमुख शरदकुमार अर्यालले आज यसबारे जानकारी दिँदै शाखाले स्थापना गरेको युवा सूचना केन्द्र मार्फत किशोर किशोरीको यौतिकता सम्बन्धी अधिकार स्थापित गर्न परियोजनाले टेवा पुर्‍याएको बताउनुभयो ।किशोर-किशोरीमा उमेर अनुसार हुने शारीरिक एवम् मानसिक परिवर्तन शुरुमा हुने महिनाबारी, स्तनको आकार बढने, स्तनको समस्या, तल्लो पेट दुख्ने, महिनाबारी नियमित नहुने, यौज जिज्ञासा, गर्भधारण गर्ने उमेर यौनका बारेमा हुने गलत धारणाको निराकारण, परिवार नियोजनका साधनको प्रयोग बारे जानकारी परियोजना मार्फत दिइएको उहाँले बताउनुभयो ।यसका लागि उपत्यका शाखाले स्थानीय स्तरमै युवा मैत्रीवत क्लिनिक समेत सञ्चालन गरेको बताउँदै उहाँले क्लिनिक र युवा सूचना केन्द्र मार्फत यौनिकता सम्बन्धी अधिकारलाई स्थापित गरि यौनका बारेमा निर्णय गर्ने, गोपनियता राख्न, यौनका बारेमा उठने जिज्ञासा र भ्रमलाई निराकारण गर्ने जस्ता अधिकारका बारेमा दलित बर्गलाई जानकारी गराई जनमत निर्णय गर्ने किशोरकिशोरीलाई तालिम समेत दिएको थियो ।विद्यालय नगएका अर्थात विद्यालय बाहिर रहेका किशोरकिशोरी एवम् युवायुवतीलाई यौन अधिकारका बारेमा जानकारी दिन गाँउ-गाँउमा कार्यक्रम सञ्चालन गरिएको थियो भने विद्यालय जाने किशोरकिशोरीलाई यसबारे जानकारी दिन शुक्रबारे कक्षा सञ्चालन गरी कक्षा ८, ९ र १० का छात्रछात्रालाई समेत यौन अधिकारकाबारेमा जानकारी गराइएको थियो ।उपत्यका शाखाले काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ३० हजारभन्दा बढि किशोरकिशोरीलाई तालिम एवं परामर्श दिइएको प्रमुख अर्यालले बताउनुभयो ।

No comments: