News

Oct 14, 2010

रामचन्द्रले शान्ति र संविधानका लागि सत्याग्रह थाल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २८,नेपाली कङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति र संविधानका लागि अब छिटै सत्याग्रह अभियान थाल्ने भएका छन्। उनले शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउन, लोकतान्त्रिक संविधान निर्माण र लोकतन्त्रलाई संस्थागत गर्न सत्याग्रह अभियान थाल्ने बताएका हुन। प्रधान मन्त्रीका एक्ला उम्मेदवारसमेत रहेका पौडेलले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने- नेपालीको महान् चाड बडा दशैंले सबै नेपालीमा सुख शान्ति र समृद्धि छाओस् भन्ने कामना गर्छु। दशैं भनेको असत्यमाथि सत्यको विजय हो, म त्यही अभियानमा अग्रसर छु, उनले थपे- दशैंपछि मुलुकले नयाँ सरकार पाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु, अब मुलुकमा सरकारबिहीनताको अवस्था रहनहुँदैन।पौडेलले नेपाली कङ्ग्रेस सहमति, सहकार्य र एकताका लागि जहिले पनि अग्रसर हुने बताउँदै कङ्ग्रेसका लागि सत्ताभन्दा पनि शान्ति र संविधान महत्त्वपूर्ण भएको बताए। सबै मिलेर राष्ट्रिय सहमति कायम गरौं, यो नै अहिलेको अनिवार्य आवश्यकता हो- उनको भनाइ थियो।

No comments: