News

Oct 12, 2010

यौनकर्मीसँग पक्राउ अध्यक्ष थारु निलम्वित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २६ - युवतीसहित गेस्टहाउसबाट पक्राउ संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी अध्यक्ष लक्ष्मण थारु मंगलबार साँझ छुटेका छन् । थारु आइतबार बिहान आपत्तिजनक अवस्थामा राजधानीको एक होटलबाट युवतीसहित पक्राउ गरेका थिए । यसैबीच थारुको विषयमा छानबिन गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले छानबिन समिति गठन गरेको छ । उपाध्यक्ष राजीव गुरुङको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको सो पार्टीले जनाएको छ । छानबिनबाट प्रतिवेदन सार्वजनिक नभएसम्मका लागि कार्यवाहक अध्यक्षमा कमल छाराहाङलाई चयन उपाध्यक्ष गुरुङले जानकारी दिए । अध्यक्ष थारुको पक्राउ राष्ट्रिय मुक्ति आन्दोलनलाई तुहाउने देशीविदेशी षड्यन्त्र भएको पार्टीले दाबी गरेको छ ।

No comments: