News

Oct 25, 2010

नैतिकताको प्रश्‍नमा न्यायाधीश निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक ८- महिलासम्बन्धी आचरण तथा आफूखुशी बिदामा बसेको अभियोगमा पोखरास्थित पुनरावेदन अदालतका न्यायाधीश ओमप्रकाश सुवेदी निलम्बनमा परेका छन्। सर्वोच्च अदालतका न्यायाधीश बलराम केसीको अध्ययन प्रतिवेदनका आधारमा नैतिकताको प्रश्न उठाउँदै न्याय परिषदले सोमबार सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो। बिदा स्वीकृत नगराइ छुट्टीमा बसेको तथा महिलासम्बन्धी चारीत्रिक विषयमा चर्चा हुने गरेकाले सुवेदीलाई निलम्बन गर्नुपरेको परिषदले जनाएको छ। केही समयअघि सुवेदीले दलहरुप्रति कडा टिप्पणी गर्दै सभासदलाई किन माननीय भन्ने ? भनी प्रश्न उठाएका थिए। 'शान्ति र संविधानका लागि नेताले केही गर्न सक्दैनन् भने उनीहरुलाई 'माननीय' भनेर सम्मान गर्नु जरुरी छैन'- सुवेदीले भनेका थिए। सामान्यतया न्यायाधीशहरुले विवादमा नपरियोस् भनेर राजनीतिक विषयमा सार्वजनिक टिप्पणी गर्दैनन्।

No comments: