News

Oct 27, 2010

'पिशाब फेरौं, एक रुपैयाँ लैजाऔं' सुन्दै अचम्म

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(चितवन), कात्तिक १० - 'पिशाब फेरौं, एक रुपैयाँ लैजाऔं' सुन्दै अचम्म। दिशापिशाव गर्दा पैसा तिर्ने बानी परेको सर्वसाधारणलाई उल्टै पैसा पाईने सुन्दा अचम्म लाग्नु स्वभाविक हो। तर, चितवनको दारेचोक पुगेर पिशाव फेरेमा साच्चै एक रुपैयाँ पाईन्छ। दारेचोक-७, चुम्लिङ्टारस्थित 'द सेवा नेपाल' को कार्यालयको शौचालयमा पिशाब फेरेमा एक रुपैयाँ पाईन्छ। 'पिशाबको पनि महत्व हुने रहेछ भन्ने देखाउन एक पटक पिशाब फेर्दा एक रुपैयाँ दिने व्यवस्था गरेका छौ' सेवा नेपालका अध्यक्ष श्रीरेन्द्रप्रकाश पोखरेलले भने, 'पिशाबलाई जतन गर्न सके फाईदा हुने रहेछ भन्ने जनचेतना फैलाउन पैसा दिने व्यवस्था गरेका हौ।' फोहरलाई मोहर बनाउने अभियान अन्तर्गत पिशाब संकलन गर्न थालिएको पोखरेलले बताए। रासायनिक मलको सट्टा मानव मलमुत्रलाई खेतिपातीमा प्रयोग गर्न सकिने भएकोले अहिले चुम्लिङटारका सबैजसो घरमा दिशापिशाब संकलन गर्न थालिएको छ। सेवा नेपालको कार्यालयमा पिशाब फेर्न आउनेलाई दिनका लागि सिक्का पैसा समेत राखिएको छ।

No comments: