News

Oct 30, 2010

शिक्षकको अपहरण पछि गोली हानेर हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निजगढ, कार्तिक १४ - बाराको महेन्द्रआदर्श जयनगर च्युँटाहा गाविस ९ खजुरीयाका शिक्षक सुरेश पटेललाई अज्ञात समूहले शनिवार राति अपहरण पछि गोली हानेर हत्या गरेको छ । ४० वर्षीय शिक्षक पटेल राति १० बजे मोटरसाइकलमा सिम्रौनगढबाट पटेर्वा हुँदै घरतर्फ फर्किदै गर्दा बतराबाट उनलाई १०/१५ जनाको अज्ञात समूहले अपहरण गरी जमुनी खोला छेउमा हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरिएका शिक्षक पटेलसँगै मोटरसाईकलमा रहेका त्यसै गाउँका ३५ वर्षीय सुजित कोइरीलाई घटनाबारे सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । बीआर २२ ईओ ३५५ नम्बरको भारतीय मोटरसाईकलमा उनीहरु घर फर्किदै गर्दा उक्त समूहले कोइरीलाई हातखुट्टा बाँधेर राखेको र पटेललाई ढाडमा गोली हानेर हत्या गरेको हो । यसैबीच घटनाको जिम्म प्रतीक नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको क्षेत्र नम्बर १ का सेक्रेटरी जेके सिंहले लिएको छ । उनले संचारकर्मीलाई टेलिफोन गरेर आफूले घटना गराएको दाबी गरेका छन् । प्रहरीको नियन्त्रणमा रहेका कोइरी पेशाले व्यापारी हुन् । घटना व्यक्तिगत रिसइबीले हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक मनोज न्यौपानेले दाबी गरेका छन् । दुई बर्ष यता यहाँ शिक्षकको हत्या गर्नेक्रम बढेको छ । यस अवधिमा चार जना शिक्षकको हत्या भएको छ ।

No comments: