News

Oct 21, 2010

र्‍याफ्टिङ दुर्घटनामा एक रसियनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताप्लेजुङ कात्तिक ४ - ताप्लेजुङको दोभान बजारबाट तमोर हुँदै सुनसरीको चतारा निस्कन र्‍याफ्टिङका लागि छुटेको ५ डुङगा मध्ये २ वटा पल्टिँदा एक विदेशीको मत्यु भएको छ। बेपत्ता ३ मध्ये रसियन नागरिक डेभ ओलेकको मृत्यु भएको हो भने अन्य २ जनालाई घाइते अवस्थामा फेला पारिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिप राजभण्डारीले डुङ्गा पल्टिदा बेपत्ता बनेका ३ रसियन नागरिक मध्ये एक जनालाई मृत अवस्थामा र अन्य दुईलाई घाइते अवस्थामा स्थानीयबासी र प्रहरीले उद्धार गरेको बताए। सामान्य घाईते भएका उनीहरुको स्थानीय स्वाथ्य संस्थामा उपचार भै रहेको छ। स्थानीय टंक खतिवडाका अनुसार पहिले हिडेका ३ वटा डुङगा पनि कहां पुगे भन्ने पत्तो लाग्न सकेको छैन। उनका अनुसार पल्टिएका दुबै डुङगा मध्ये रसियन नागरिक चढेका ६ जनालाई स्थानीय बासिन्दाले जिवितै उद्धार गरेका थिए। अर्को डुङगामा सवार ५ मध्ये ३ रसियन तथा २ जना नेपाली रहेकामा डुङगाबाट हतपत हामफाल्दा २ नेपालीको शुरुमै उद्धार गरे पनि साँझ मात्र उनीहरु होसमा आएका छन्।उनीहरुका अनुसार र्‍याफ्टिङ शुरु भएको ५ मिनेटमै पानीको बहाव बढ्न गई नदीको छाल्को काट्न नसक्दा डुङगा पल्टन पुगेको हो। गाउलेले र्‍याफ्टिङ शुरु भएको स्थानबाट करिव १ किलो मिटर टाढा डुंगा फेला पारेको खतिवडाले बताए। मृतक ओलेक र उनका अन्य दुई रसियन सहकर्मीलाई भने झण्डै साढे २ किलो मिटर पर फेला पारिएको थियो। उनीहरुलाई नदीको किनारा हुँदै गएको खोजी टोलीले उद्धार गरेको हो।

No comments: