News

Oct 25, 2010

प्रहरी मुख्यालयभित्र मोबाइल फोन लैजान प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ८ - नेपाल प्रहरीले नक्सालस्थित मुख्यालयभित्र सर्वसाधरणलाई मोबाइल फोन लैजान प्रतिबन्ध लगाएको छ । प्रहरी प्रमुख रमेश चन्द अमेरिका भ्रमणमा रहेका बेला कार्य विभागले यो निर्णय लागू गरेको हो । 'सुरक्षाको दृष्टिकोणले त्यस्तो व्यवस्था लागू गरिएको हो,' प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने । आन्तरिक छलफल र परामर्श समेत नगरी लागू गरिएको यो व्यवस्थाबाट मुख्यालयका अधिकांश अधिकृत रुष्ट छन् । बिना कुनै पूर्वतयारी हतारमा लागू गरिएको निर्णय कार्यान्वयन गर्न एक अधिकृतको कमान्डमा केही प्रहरीलाई पास वितरण गर्ने शाखामै खटाइएको छ । 'कुन बेला कसको मोबाइल कोसँग साटिन्छ, थाहा छैन, मोबाइल फोन रुङ्ने जिम्मेवारी पाएका एक सुरक्षाकर्मीले भने, 'आदेश मान्नैपर्‍यो, कुनै पूर्वाधार र जिम्मा लिने व्यवस्थित प्रणाली र स्थान छैन ।' स्रोतअनुसार, यो कडाइ मुख्यालयमा पैदल र मोटरसाइकलमा भेट्न जानेहरुका लागी मात्रै हो । गाडी चढ्ने र प्रभावशाली व्यक्तिहरूलाई यो व्यवस्था लागू हँदैन । सञ्चारकर्मीलाई भने सूचना विभागले जारी गरेको प्रेस पास राखेर मोबाइल फोन भित्र लैजान पाउने व्यवस्था छ ।

No comments: