News

Oct 18, 2010

देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, कार्तिक १ - नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने बताएका छन्। नेता पौडेलले माओवादी लडाकुका सिविर खाली गरेर मा नयाँ संविधान बन्ने बताए। उनले नेकपा एमाले र एकीकृत माओवादीका कारण मुलुक अलमलमा परेको बताउँदै हतियारको राजनीति त्यागेमात्र उनीहरुसँग सहकार्य हुनसक्ने बताए। उनले मुलुकमा शान्ति कायम गरेर मात्र संविधान बन्नुपर्ने बताएका छन्। चितवनको रत्ननगरस्थित नेपाल उच्च माविका भूतपूर्व विद्यार्थीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशमा शान्ति कायम भएपछि मात्र संविधान बन्नुपर्नेमा जोड दिए।
उनले भने - "यही अवस्थामा बनेको संविधानले जनताको रक्षा गर्न सक्दैन, देशमा दुईवटा सेना रहेसम्म शान्ति स्थापना हुन नसक्ने भएकाले माओवादी लडाकूका शिविर खाली गरेर मात्र नयाँ संविधान बन्नसक्छ।"नेपाली काँग्रेस शान्ति र लोकतन्त्रका लागि प्रतिबद्ध भएको बताउँदै नेता पौडेलले अन्य दलका कारण संविधान र सरकार बन्न नसकेको बताए।
नेपाली काँग्रेसको पदको मोहका कारण गतिरोध अन्त्य हुन नसकेको भन्ने आरोपको खण्डन गर्दै उनले काँग्रेसले पदका लागि नभएर शान्ति र लोकतन्त्रका लागि प्रधानमन्त्रीको उम्मेदवारी नछाडेको स्पष्ट पारे।नेता पौडेलले नेपाली काँग्रेसको १२ औँ महाधिवेशनले पार्टीलाई थप गतिशील बनाउन महत्वपूर्ण भएको चर्चा गर्र्दै पार्टी अब सामूहिक विचार र नेतृत्वका आधारमा सबैलाई समेटेर अघि बढ्ने बताए।

No comments: