News

Oct 22, 2010

टोयोटाले १५ लाख भन्दा बढी कार फिर्ता लिने घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापान, कात्तिक ५,टोयोटाले विश्वभरीबाट फेरि १५ लाख भन्दा बढी कार फिर्ता लिने घोषणा गरेको छ।कम्पनीको कारमा ब्रेक र इन्धन पम्पमा समस्या आएपछि फिर्ता लिने घोषणा गरेको हो। यो घोषणाले एभालन, हाइल्यान्डर र लेक्सस कार प्रभावित बढी प्रभावित हुनेछन्। कम्पनीले अमेरिकाबाट ७ लाख ४० हजार, ६ लाख जापानबाट र १७ हजार बेलायतबाट कार फिर्ता लिनेछ। बेलायतमा सन् २००३/ ००४मा बनेका लेक्सस आइएस, जिएस र आरएक्स मोडेलका कार रहेका छन्। अमेरिकामा एभालन, हाइल्यान्डर, लेक्सस आर एक्स ३३० र लेक्सस जीएस ३००, आइएस २५० लगायत रहेका छन्। युरोपबाट ६० हजार, चीनबाट ३० हजार र अस्टे्रलियाबाट ५० हजार र अन्य एसियाबाट फिर्ता गर्ने कम्पनीले जनाएको छ। कारधनीलाई नोभेम्बरमा जानकारी दिने र उत्पादकले ब्रेकको मास्टर सिलिन्डर फिर्ता गरेर नयाँ डिजाइनको राखिदिने कम्पनीले जनाएको छ। गतवर्ष टोयोटाले १ करोड कार फिर्ताको घोषणा गरेको थियो। यो मध्ये गएको अगस्टमा ११ लाख कोरोला र म्याटि्रक्स कार अमेरिका र क्यानडाबाट फिर्ता लिएको थियो। टोयोटा कम्पनीले कारमा आएको समस्याले अर्बोको नोक्सानी ब्योहोरेको छ।

No comments: