News

Oct 16, 2010

विमानस्थलमाथिको आकाशमा चरा उडेर जहाजलाई बाधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, असोज २९- विमानस्थलमाथिको आकाशमा चरा उडेर जहाजलाई बाधा पुर्‍याएका छन्। चरा अवरोधले हवाई उडान पटकपटक ढिला हुँदा पनि यसको समाधान प्रयास खोजिएको छैन। गएको सातामात्रै काठमाडौं उडान भर्न लागेका बुद्ध र गुण एयरलाइन्सका २ जहाजलाई चरा अवरोधले करिब आधा घन्टा ढिलो गरायो। चरा धपाएपछि मात्र ती कम्पनीका जहाजलाई उड्न अनुमति दिइएको थियो।
चरा नियन्त्रण नगरे ठूलो दुर्घटना हुनसक्ने चिन्ता बढेको छ। 'विमानस्थल आसपास आएका चराले हवाई जहाजको उडान र अवतरणमा बाधा पुर्‍याएका छन्,' पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अनुप जोशीले नागरिकसँग भने। उनका अनुसार जहाज अवतरण गर्ने बेला चार आएका भए जहाजलाई आकाशमै 'होल्ड' गराउनुपर्थ्यो। जोशीले विमानस्थल बन्द गरेर चरा धपाउन जानुपर्ने अवस्था आएको बताए। 'चराको कारण दिनभरि दिक्क हुनुपर्‍यो,' उनले भने, 'विमानस्थल बन्द गर्नुपर्ने अवस्था आउने ठानेका थियौं, तर, पछि मुस्किलले धपाइयो।' गत बिहीबार दर्जनभन्दा बढी गिद्ध र चिल विमानस्थलको धावनमार्ग नजिक उड्ने र बस्ने गरेका थिए। 'जतिपटक धपाउँछांै, उत्ति नै पटक फर्कंदै आए,' जोशीले भने।

No comments: