News

Oct 26, 2010

१३ औ पौडेल पराजित, चौधौं चोटीको निर्वाचन कात्तिक १२ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा आज भएको १३ औ चरणको निर्वाचन पनि निरर्थक भएपछि १४ औ चरणको निर्वाचन आगामी १२ गते हुने भएको छ । आज भएको मतदानमा प्रधानमन्त्रीका एक्ला उमेदवार कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा ९८ मत परेको थियो ।१४४ सभासद मतदान प्रक्रियामा उपस्थित भएकोमा पौडेलको विपक्षमा २ तथा ४४ सभासद तटस्थ बसेका थिए । एकीकृत नेकपा माओवादी र एमालेका सभासद मतदान प्रक्रियामा सहभागी भएनन भने मधेशवादी लगायतका साना दलहरु तटस्थ बसेका थिए ।आठौ चरणको मतदानवाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेदवारी फिर्ता लिएपछि पौडेल एक्लो उमेदवार हुनुहुन्छ । गत असार १६ गते माधवकुमार नेपालले प्रधानमन्त्री पदवाट राजीनामा दिएपछि साउन ५ देखी प्रधानमन्त्री निर्वाचनको श्रृंखला सुरु भएको हो ।कांगे्रसले अर्को चुनाव तिहार पछी गर्न प्रस्ताव गरे पनि एमाले र माओवादीले सहमति नजनाएका कारण तीन दिन पछिनै चुनाव हुने भएको हो ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले हरेक दिन निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको थियो । कार्यव्यबस्था बैठकमा बजेटको आवश्यकता सबैले महसुश गरेपनि यसमा सहमति जुटन नसकेको सभासद गायत्री साहले जानकारी दिनुभयो ।संसदको आजको बैठकले एकीकृत नेकपा माओवादीका सल्लाहकार एवं पूर्व सासंद अम्बिका सावाँको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

No comments: