News

Oct 29, 2010

पौडेल १४औं पटक पराजित, अर्को निर्वाचन १५ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ प्रधानमन्त्री चयन गर्न आज भएको निर्वाचनमा पनि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन् । उनी आजसहित १४औं पटक प्रधानमन्त्री पदमा पराजित भएका हुन् ।व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा पौडेलको पक्षमा ९६, विपक्षमा २ मत परेको थियो । १३८ सभासद् उपस्थित मतदान प्रक्रियामा ४० सभासद् तटस्थ बसेका थिए । प्रधानमन्त्री चयनका लागि पुनः १५ औं चरणको निर्वाचन कात्तिक १५ गते दिउँसो ३ बजे हुने छ ।५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढी स्थान ओगट्ने माओवादी र एमालेले मतदानमा नलिएपछि १४ पटकसम्म निर्वाचन गर्दा पनि एक्ला प्रतिस्पर्धा पौडेल पराजित भएका हुन् ।सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले त्यसयता ७ निर्वाचनमा एक्लो पराजय बेहोरेका थिए ।, पौडेल प्रधानमन्त्री चयन हुन व्यवस्थापिका संसदको कुल संख्याको ३०१ एक मत आवश्यक पर्दछ।१४औं पटक निर्वाचन गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि कात्तिक १५ गते १५औं चरणको निर्वाचन हुने भएको छ। संविधानसभा भवनमा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ औं चरणको निर्वाचन मिति तय गरेको हो ।

No comments: