News

Oct 11, 2010

सबै जिल्लालाई अप्टिकल फाइवरमा जोड्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन २५ - सबै जिल्लालाई अप्टिकल फाइवरमा जोड्न सरकारले टेन्डर आह्वान गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले छिट्टै टेन्डर आह्वान गर्ने जनाएको हो ।प्राधिकरणका एक अधिकारीका अनुसार टेन्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले सन् २०१४ भित्र कम्तीमा सबै जिल्ला सदरमुकाममा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्ने गरी 'जिल्ला अप्टिकल फाइवर नेटवर्क आयोजना' सुरु गरेको हो । यो आयोजनाका थालनी गत आर्थिक वर्षबाट भएको हो । आयोजनाका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । प्राधिकरणका निर्देशक आनन्दराज खनालले यसै आर्थिक वर्षमा काम सुरु भए आगामी तीन वर्षमा आयोजना पूरा गर्ने योजना छ । 'दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनी टेन्डर प्रतिस्पर्धामा आउन सक्नेछन्,' उनले भने, 'उनीहरू एक्लै वा सामूहिक रूपमा आउन सक्नेछन् ।' प्राधिकरणले टेन्डर आवेदनको सूचना एक महिनाभित्र पूर्ण रूपमा तयार हुने जनाएको छ । तयारी पूरा भए पनि इच्छुक दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनीका लागि सूचना प्रकाशित गरिनेछ । यो आयोजना पूरा हुँदा मुलुकले डाटा सेवाको विस्तारमा महत्त्वपूर्ण फड्को मार्ने जानकारहरूले बताएका छन् ।

No comments: