News

Oct 19, 2010

पर्साको झडपमा एकसय ५० राउन्ड गोली चल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्सा, कार्तिक २ - पर्साको निर्मलबस्तीमा हिजो दिउँसो प्रहरी र गाउँलेबीच भएको झडपमा एकसय ५० राउन्ड गोली चल्नुका साथै दुवै पक्षका गरी २० जनाभन्दा बढी घाइते भएका छन्। झडपका क्रममा करिब एकसय ५० राउन्ड गोली चलेको प्रहरीले जनाएको छ। दोहोरो गोली चल्दा १५ जना प्रहरी घाइते भएका छन्। दसैँको नवमीका दिन वीरगन्ज-ठोरी चल्ने ना ३ ख ९४१४ नम्बरको बसको ठक्करबाट निर्मलबस्ती-६ का ५४ वर्षीय धनलाल दोङको मृत्यु भएपछि गाउँलेको नियन्त्रणमा रहेको बस र कन्डक्टर सिर्फलप्रसाद कुर्मीलाई छुटाउन गएका प्रहरी र गाउँलेबीच झडप भएको हो। गाउँलेको नियन्त्रणमा रहेका कुर्मीलाई छुटाउन प्रहरी र गाउँलेबीच वार्ता भए पनि सहमति हुन नसकेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक सुजनराज भण्डारी, प्रहरी जवान मनोज ठाकुर, रेसम घर्ती, जगरनाथ यादव, इसुमिया धोवी र सुरेन्द्र यादव रहेका छन्।

No comments: