News

Jan 2, 2010

पाकिस्तानमा आत्मघाती आक्रमणमा परी मर्नेको संख्या ९३ पुगे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पेसावर/ उत्तरी पाकिस्तानमा शुक्रबार भएको आत्मघाती आक्रमणमा मर्नेको संख्या ९३ पुगेको छ । लाक्की मरवात सहरमा आयोजित भलिबल प्रतियोगिता भइरहेको स्थलमा एकजना आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले लादिएको बाहन विस्फोट गराएको थियो । विस्फोटका पछाडि तालिवानको हात रहेको अनुमान प्रहरीले गरेको छ । तालिवानलाई उक्त क्षेत्रबाट लखेट्न स्थानीयस्तरमा प्रतिकार समूह गठन गरिएकाले बदला लिने उद्देश्यले तालिवानले आक्रमण गरेको अनुमान प्रहरीको छ ।प्रहरीका अनुसार आक्रमणको समयमा घटनास्थलनजिक तालिवानविरुद्ध गठित प्रतिकार समूहका नेताको बैठक भइरहेको थियो । बैठकमा सामेल भएकाहरूलाई लक्षित गरेर हमला गरिएको आशंका गरिएको छ । पाकिस्तानमा गत दुई महिनामा भएका आक्रमणमध्ये यो सबैभन्दा ठूलो आक्रमण हो । यसैबीच अमेरिकी विदेशमन्त्री हिलारी रोधम क्लिन्टनले उक्त आक्रमणको निन्दा गरेकी छिन् । उनले जस्तोसुकै परिस्थितिमा पनि अमेरिका पाकिस्तानी जनताका साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । 'प्रजातन्त्रको सुदृढीकरण तथा अतिवादीलाई परास्त गर्न पाकिस्तान सरकार र जनताले थालेका कामप्रति अमेरिकाको पूर्ण समर्थन छ,' विदेशमन्त्री क्लिन्टनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

No comments: