लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ जनवरी, २०१०,संघीयता बिरोधी अभिव्यक्ति दिएको भन्दै परराष्ट्र मन्त्री सुजाता कोइरालाको उनकै पार्टी नेपाली कांग्रेसका सभाषद्हरुले समेत राजीनामा मागेका छन् । व्यवस्थापिका संसदको बैठकमा बोल्ने नेपाली कांग्रेसका सभाषद्हरुले मन्त्री कोइरालाको राजीनामा माग गरेका हुन् । शुन्य समयमा बोल्दै कांग्रेसका सभाषद् नरहरी आचार्य, प्रदीप गीरी लगाएतका सभाषद्हरुले कोइरालाको संघीयता बिरोधी अभिव्यक्तिले सिङ्गो कांग्रेसको नै वदनाम गरेको भन्दै घुमाउरो पारेले मन्त्री कोइरालाले राजीनामा दिनु पर्ने माग गरे । कांग्रेस नेता नरहरी आचार्यले कोइरालाको अभिव्यक्तिको संसदमै बिरोध हुँदा पनि यसको जवाफदिन उपस्थित नहुनु दुखको कुरा भएको बताए ।सभासद डाक्टर नारायण खड्काले प्रधानमन्त्रीले आफ्ना विदेश भ्रमणबारे सदनलाई जानकारी नगराएको भन्दै सबै भ्रमणको जानकारी सदनलाई गराउन माग गरे । उनले मन्त्री कोइरालाको टिप्पणी गलत भएको समेत टिप्पणी गरे । अर्का सभाषद् प्रदिप गिरीले घुमाउरो पारामा कोइरालाको अभिव्यक्तिप्रति बिरोध जनाउँदै संघीयता बिरोधी अभिव्यक्ति दिनु पार्टी हित विपरित भएको बताए । यस्तै एमालेका सभासद लालबाबु पण्डितले उपप्रधानमन्त्रीबाट आएको संघीयता विरोधी अभिब्यक्तिको आलोचना गर्दै कोईराला संघीयता विरोधी भए सरकारबाट फिर्ता बोलाउन माग गर्नुभयो । कोईरालाको अभिब्यक्तिबारे काग्रेसले स्पष्ट पार्नुपर्ने उहाको भनाई थियो ।माओवादी सभासद रामकुमार शर्माले उपप्रधानमन्त्री सुजाताकोईरालाले संघीयताको विरुद्ध सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्ति जनआनदोलन र जनयुद्धको भावना विपरीत भएको बताए ।

No comments:
Post a Comment