लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १९ ,एकीकृत नेकपा (माओवादी)मा सङ्घीय राज्यको सीमाङ्कनबारे मतभेद देखिएको छ । एक पोलिटब्युरो सदस्यका अनुसार नेवाः र ताम्सालिङ, किराँत र लिम्बुवान तथा मगरात र तमुवानलगायत केहीमा यस्तो विवाद देखिएको छ । पार्टीद्वारा प्रस्तावित १५ वटा स्वायत्त सङ्घीय राज्यको सीमाङ्कनमा मतभेद देखिएपछि विवादित प्रस्तावित राज्यहरूलाई मिलाएर एउटै राज्य बनाउन सकिने विकल्प पार्टीको जारी केन्द्रीय समितिमा प्रस्तुत गरिएको छ । प्रवक्ता दीनानाथ शर्माले राष्ट्रियताका आधारमा सङ्घीय राज्य बन्नुपर्ने पार्टीको अडान कायमै रहेको र अहिले यसबारे छलफल मात्र भएको छ भन्नुभयो । यसैबीच, अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यव्यस्तताका कारण आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक बस्न सकेन । 'राष्ट्रिय स्वाधीनता'लाई केन्द्रमा राख्दै चौथो चरणको आन्दोलनको खाका तयार गर्न बस्ने भनिएको बैठक सोमबार बस्ने भएको छ । पोलिटब्युरोले आन्दोलनलाई राष्ट्रव्यापी बनाउन पार्टी पदाधिकारीको नेतृत्वमा भारतद्वारा अतिक्रमित नेपाली सीमा क्षेत्रमा विशेष आमसभा गर्ने, नेपालको सार्वभौमिकताबारे देशभरका विभिन्न स्थानमा अन्तक्रिर्या तथा सांस्कृतिक अभियान सञ्चालन गर्नेलगायतका प्रस्ताव केन्द्रीय समितिमा पेस गरेको छ ।

No comments:
Post a Comment