News

Jan 14, 2010

हुम्ला सदरमुकाम सिमीकोटमा भारी हिमपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक्कासि बढेको चिसोका कारण हुम्ला सदरमुकाम सिमीकोटमा भारी हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । बाटोमा बाक्लो हिउँ जमेका कारण मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान सकिरहेका छैनन् ।हिमपातका कारण सिमीकोटबाट नेपालगन्ज र सुर्खेतका लागि हुने सम्पूर्ण हवाई उडानहरू बन्द भएका छन् । लामो खडेरीपछि परेको हिउँबाट बालिनाली सप्रने भन्दै हुम्लावासीहरू खुसी भएका छन् ।

No comments: