News

Jan 13, 2010

माओवादीको चौथो चरणको आन्दोलनमा फोरम पनि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वीरगन्ज, पुस २९- नेकपा माओवादीले चौथो चरणको आन्दोलन चलाइरहेका बेला मधेशी जनअधिकार फोरम नेपालले अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा ९ सदस्यीय मधेश आन्दोलन परिचालन समिति गठन गरेको छ। फोरमको मंगलबार राती वीरगन्जमा सम्पन्न केन्द्रीय समितीको विस्तारित बैठकले उक्त निर्णय गरेको हो। सकारकाले विगतमा आफूसँग गरेका २२ बुँदे र ८ बुँदे सहमती पालना नगरेको भन्दै फोरमले माघ २ गतेबाट तेस्रो चरणको शान्तिपूर्ण मधेश आन्दोलन गर्ने यस अघिनै निर्णय गरीसकेको छ।। केन्द्रिय समितीको बैठकले आन्दोलनलाई शान्तीपुर्ण रुपमा लैजाने तर सरकार आफ्ना मागप्रति उदासीर रहे कडा संघर्षका कार्यक्रम ल्याउने समेत निर्णय गरेकेा केन्द्रीय सदस्य उमेशलाल दासले बताए। बैठकमा केन्द्रीय समितीका सदस्य, जिल्ला कार्यसमीतका अध्यक्ष, युवा नेतृत्व समेतको सहभागाती रहको केन्द्रीय सदस्य दासले जानकारी दिए।बुधबार वीरगन्जमा जारी मधेशी यूवा फोरमको वैठकमा पनि पार्टी अध्यक्ष यादवले आसन्न मधेश आन्दोलनको विषयमा प्रशिक्षण दिएका छन्।फोरमको घोषित आन्दोलन अनुसार, माघ २ गते आन्दोलनबारे प्रचार, ३ गते सरकारलाई ज्ञापनपत्र बुझाउने, ५ गते मधेशआन्दोलनका शहीदलाई सम्झदै बलिदान दिवस मनाउने, ८ गते जिल्ला सदरमुकाममा बिरोध जुलुस, ९ गते रौतहट जिल्लामा विरोध सभा, ११ गते जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने कार्यक्रम छन्। एकीकृत नेकपा माओवादीले माघ १० देखि आमहड्तालको घोषणा गरिसकेको परिप्रेक्ष्यमा फोरम समेत आन्दोलनमा उत्रिनुले सरकारमाथि थप दबाव पर्ने देखिएको छ।त्यसैगरी माघ १४ गते प्रत्येक जिल्ला प्रशासन कार्यलयमा बिहान १० बजेदेखी १२ बजेसम्म धर्ना कार्यक्रम, १५ गते सर्लाहीमा विरोध सभा, १६ गते सप्तरी र कैलालीमा विरोध सभा, १७ गते सरकारविरुद्ध कालो झण्डा प्रदर्शन गर्ने र २० गते तराईका सबै जिल्लामा जुलुस प्रदर्शन गर्दै विरोध सभा गर्ने कार्यक्रम छ।एकीकृत नेकपा माओवादीले माघ १० देखि आमहड्तालको घोषणा गरिसकेको परिप्रेक्ष्यमा फोरम समेत आन्दोलनमा उत्रिनुले सरकारमाथि थप दबाव पर्ने देखिएको छ।

No comments: