लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ जनवरी, २०१०,नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई पनि सहभागी गराइने भएको छ । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच आज बुधबार कोइराला निवास, महाराजगञ्जमा भएको भेटवार्तामा प्रधानमन्त्रीलाई संयन्त्रमा सहभागी गराउने सहमति भएको हो । संयन्त्रको आगामी बैठकले प्रधानमन्त्रीलाई संयन्त्रको स्थायी आमन्त्रित सदस्यका रुपमा राख्ने निर्णय गर्ने बताइएको छ । संयन्त्रमा अन्य दलका नेताहरुलाई पनि राख्ने सहमति भेटवार्तामा भएको समाचारस्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई संयन्त्रमा राख्ने बिषयमा माओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल गरिने भएको छ । यद्यपि संयन्त्रका सदस्य एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने संयन्त्रमा प्रधानमन्त्रीको आवश्यकता नरहेको बताउँदै आउनु भएको छ । संयन्त्रमा प्रधानमन्त्रीलाई नराखिएकोमा प्रधानमन्त्री माधवकुमार नेपाल समेत असन्तुष्ट रहँदै आउनु भएको थियो । यसैबीच नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सहमतिको माओवादीले बिरोध गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले तीन दलबीच भएको सहमति विपरित प्रधानमन्त्रीलाई संयन्त्रमा राखे परिस्थिति बिग्रने चेतावनी दिएका छन् ।

No comments:
Post a Comment