लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २१-एकीकृत नेकपा माओवादीले पार्टीको नेतृत्वमा सरकार बने त्यसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले गर्ने निर्णय गरेको छ। उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाव दिएको भन्ने दाहालको भनाइ सार्वजनिक भएपछि मंगलबार बसेको माओवादीको आकस्मिक केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गराउन उपस्थित दाहालले सधैँ जस्तै यस पटक मिडियले तथ्य बंग्याएको आरोप लगाए। पार्टीको निर्णय सार्वजनिक गर्न सञ्चारकर्मी माझ उपस्थित अध्यक्ष दाहालले भने, 'पार्टीभित्र कुनै अन्तरविरोध छैन। कोही भारतीयले मलाई पनि हुनुपर्छ भनेका छन्, कसैले बाबुरामजीलाई भनेको सन्दर्भलाई मिडियाले बङ्ग्याए।' सञ्चारकर्मीमाझ उपस्थित माओवादी नेता भट्टराईले समारचाले आफूलाई मर्माहत र दुःखी बनाएको बताए। 'समाचारदेखि मर्माहत र दुःखी छु। यो मेरो चरित्र हत्याको प्रयास हो'- निरास अनुहारमा पेश भएका भट्टराईले भने। माओवादी अध्यक्ष दाहालले कार्यकर्ता प्रशिक्षणका क्रममा भारतले भट्टराईलाई प्रधानमन्त्री बनाउन दबाव दिइरहेको भन्ने भाषणलाई मंगलबारको नागरिक दैनिकले प्रकाशित गरेको थियो।
No comments:
Post a Comment