News

Jan 5, 2010

भारतीय हस्तक्षेपकाबिरुद्ध जनमोर्चाले थाल्यो आन्दोलन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
५ जनवरी, २०१०,वैदेशिक हस्तक्षेपले चरमसीमा नाघेको भन्दै जनमोर्चा नेपालले राष्ट्रिय मुक्तिका लागि मुक्ति आन्दोलनको घोषणा गरेको छ ।मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मुलुक अत्यन्तै नाजुक अवस्थामा पुगेकाले नेपाल र नेपाली जनताको मुक्तिका लागि आन्दोलन गर्न बाध्य भएको जनाएको छ । मोर्चाका अध्यक्ष भरत दाहालले मुलुक भारतीय विस्तारवादको नवऔपनिवेशिक सत्तातन्त्रको चक्रब्युहको सिकार बन्दै आएकाले 'यस्ता समस्याको आन्तरिकरुपमा समाधान निकाल्नका लागि मुक्ति आन्दोल आवश्यक भएको बताए । उनले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवम् मनोवैज्ञानिक जीवनमा लादिएको नवऔपनिवेशिक दासत्वको व्यापकरुपमा चिरफार गर्ने उल्लेख गर्दै आन्दोलन पुस १७ गतेदेखि काठमाडौँमा सुरु भएको र आजबाट पश्चिमतर्फ लाग्ने बताए ।उनले आन्दोलनलाई अभियानकै रुपमा अघि बढाउने बताए ।

No comments: