लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११जनवरी,२०१०,पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (डेपुटी सीडीओ) बलबहादुर मल्ललाई लक्षित गरी आज सोमबार बिहान बीरगञ्जमा गोली प्रहार गरिएको छ । पर्सा प्रहरीलाई उद्धृत गर्दै प्राप्त समाचार अनुसार गोली लागेर सहायक प्रमुख जिल्ला अधिकारी मल्लका एक अंगरक्षक आनन्दराज खड्काको मृत्यु भएको छ । गोलीको र्छरा लागेर सहायक प्रमुख जिल्ला अधिकारी मल्ल पनि घाइते भएका छन् । घाइते मल्ल खतरामुक्त रहेका छन् । रानीघाटस्थित आफ्नो क्वार्टरबाट कार्यालयतर्फ जानको लागि आफ्नो सवारी साधनमा चढ्दै गर्दा एक समूहले मल्ललाई लक्षित गरी आज बिहान सवा दश बजेतिर गोली प्रहार गरेको थियो । गोली लागि अंगरक्षक खड्काको मृत्यु भएको छ । उनको शरीरमा दुई वटा गोली लागेको छ । गोली लागि सख्त घाइते भएका खड्कालाई उपचारका लागि अस्पतालतर्फ ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको थियो । उक्त घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहले जिम्मेवारी लिएको छ । उक्त समूहका सञ्जीव बताउनेले स्थानीय सञ्चारमाध्यममा फोन गरी घटनाको जिम्मेवारी लिएका हुन् । घटनापछि बीरगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

No comments:
Post a Comment