लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११जनवरी,२०१०, प्रमुख सत्तारुढ दल नेकपा एमालेका सभासदहरुले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुको काम कारवाही प्रभावकारी नभएको भन्दै तीब्र असन्तुष्टि प्रकट गरेको छ ।आज सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा एमालेका अधिकांश सभासदहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेकै कारण पार्टी जनतामाझ बदनाम भईरहेको भन्दै आलोचना गरेका थिए । केही सभासदहरुले मन्त्रीहरुको नामै किटेर आलोचना गरेका थिए । उनीहरुलाई प्रभावकारी काम गर्न नसक्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउन समेत दबाब दिएका थिए । बैठकमा सहभागी केही मन्त्रीहरुले भने सीमित स्रोत र साधनको बाबजूद पनि प्रभावकारी काम गरेको दावी गरेका थिए । एमाले सभासदहरुले राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा र अन्तरिम संविधानका बिषयमा केही दिन अगाडि दिनुभएको अभिव्यक्तिको समेत विरोध गरेका थिए ।

No comments:
Post a Comment