News

May 26, 2010

दिलवहादुरको हत्या कानुन सम्मत भएको अदालतको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/भूपेन्द्र चेम्जोङ,
२५ मे गत वर्ष मार्च १७ तारिख होमान्टिनको डाडाँमा प्रहरीव्दारा गोली हानी हत्या गरिएको दिलवहादुर लिम्वूको मृत्यु कानुन सम्मत भएको फैसला कोरोनर्स अदालतले सुनाएको छ । २५ मे दिउँसो पाँचजना जुरीहरुको र्सवसम्मत निर्ण्र्ट दिलवहादुर लिम्वूको हत्या कानुन सम्मत भएको फैसला इर्स्टन ल कोर्टको १५ नम्वर अदालतमा सुनाइएपछि ७० दिन भन्दा वढी सुनुवाई भएको इन्क्वेस्ट समाप्त भएको छ । पाँचजना जुरीहरु मध्ये एकजना टोली नेताले अदालतले दिएको र्फम -१२ मा तोकिएको ढाँचामा तयार पारेर फैसला पत्रकार तथा दिलवहादुर लिम्वुको शुभचिन्तकहरुले खचाखच भरिएको अदालतमा सुनाएको थियो । ७६ दिनभन्दा लामो सुनुवाई गरिएको सो मुद्दाको फैसला जुरीहरुले केवल ४ घण्टा मै सुनाएको थियो । हङकङ प्रहरी र अल्पसंख्याक जातीहरुको वीचको अधिकार र हङकङ प्रहरीको छवीको लर्डाईको रुपमा चर्चिच मुद्दालाई जुरीहरुले कुनै विषेश स्थान दिएको देखिएन । त्यसैकारण उनीहरुले आफ्नो फैसलामा कुनै किसिमको सुझाव समेत दिएका छैनन् ।
जुरीहरुले आफ्नो फैसलाको संगसैगै सम्वन्धितपक्षहरुलाई सुझाव दिन सक्ने प्रावधान रहेपनि उनीहरुले कुनै किसिमको सुझाव फैसलामा नराख्नु अल्पसंख्याक जातिहरुप्रति अपमान सरह भएको पर्यवेक्षकहरु वताउँछन् । दिलवहादुर लिम्वूको मृत्यु छालाको रंग तथा भाषाको समस्यासंग सम्वन्धित कुरा भएको कुरा जुरीहरु स्वयंले सुनुवाईको क्रममा सुनेका भएपनि उनीहरुले यस विषयमा सरकारमा भाषा सम्वन्धि तथा अल्पसंख्याक जातिहरुसंग प्रहरीले कसरी व्यवहार गर्ने भन्ने कुरा सुझाव नआउनुमा सवैले आश्चार्य व्यक्त गरेकाछन् । ७६ दिन भन्दा वढी सुनुवाई भएको र लगभग ६० जना साक्षीहरुको वयान लिइएको तथा पचासौं सवुतहरु प्रस्तुत गरिएको सो मृत्यु छानवीन मुद्दाको फैसला केवल तीन घण्टामा हुनु जुरीहरु र अदालतले गरेको एक किसिमको नाटक मात्र हो भन्ने धेरैको भनाई रहेको छ । फैसला जुरीहरुले सुनाउने भएता पनि परिणाम न्यायधीशले जुरीहरुलाई दिने निर्देशनमा भर पर्दछ । फैसला सुनाउनु अघि कोरोनरले दुइ दिन लगाएर जुरीहरुलाई निर्देशन दिएको थियो । निर्देशन दिँदा कोरोनरले विपक्षका तर्कहरुमा जोड दिएर जुरीहरुलाई निर्देशन दिएको कुरा पनि सुनुवाई सुन्नेहरुवाट सुनिएको छ ।
अदालतमा फैसला सुनुवाई हुन शुरुभएपछि केही सेकेन्डमै मृतककी पत्नी सोनीराईले आफूलाई सम्हाल्न नसकेर रुन कराउन थालेपछि केहीवेर फैसला रोक्नु परेको थियो । फैसला सुनाएको केहीसमय पछि अदालतको परिसरमा स्थानीय सञ्चार माध्यमहरुसंग सेनीको केहीवेर भेटघाट भएको थियो । यसैक्रममा सोनीको तर्फाट एक छोटो लिखित प्रतिकृया सोलिसिटर माइकल भिडलरले पढेर सुनाएको थियो । लिखित प्रतिक्रियामा भनिएको छ । यो मुद्दाको परिणामले मलाई ज्यादै निराशा वनाएको छ । मुद्दाको शुरुदेखिनै अदालतको कोरोनर,विपक्षी अधिवक्ताहरुको मेरो दिवंगत श्रीमान् र मेरो वकीलहरु प्रति देखाएको शत्रुतापूर्ण व्यवहारले मैले न्याय माग्ने ठाउँ यो अदालत होइन भन्ने निष्कर्ष निकालेकी थिएँ । प्रतिकृयामा भनिएको छ मुद्दा पुनरावलोकन गर्नको लागि मेरा वकीलहरुसंग छलफल गरिरहेकीछु । वास्तविकता पतालगाउनको लागि स्वतन्त्र मृत्यु छानवीन आयोग सरकारले गरोस भन्ने माग पुनः यहाँ दोहोर्यान चाहन्छु ।
स्मरण रहोस दिलवहादुर लिम्वूलाई गत वर्ष मार्च को १७ तारिखका दिन होमान्टिनको पानीटेंकी पार्क लोकमानसान चुनको डी व्लकको विपरीत दिशामा रहेको एक चौतारामा वन्दुकधारी प्रहरी कन्स्टेवल होइकाकइको गोलीव्दारा मारिएको थियो ।
दिलवहादुरलाई गोली हान्नु अगावै दिलवहादुरले आक्रमण गर्न हतियार प्रयोग गरेकोले आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको भन्नु नै दिलवहादुरको मृत्यु कानुन सम्मत फैसला हुनुको अर्थ हुन जान्छ । तर साक्षीहरुको वयान तथा विषेशज्ञहरुको प्रतिवेदन हेर्दा पनि दिलवहादुरलाई गोली हान्नुभन्दा अगाडि प्रहरीले खुर्सानीको झोल छेपेका थिएनन् र उ भाग्न सक्ने सम्भावना भएपनि प्रहरी भाग्न नचाहेको कुरा स्पष्ट छ । फेरि एकफीट लामो र ३ सेन्टीमीटर व्यास भएको सुकेको काठको लठीले आक्रमण गरेकै भएपनि गोली चलाउनु पर्ने अवस्था थिएन ।यस अर्थमा पनि प्रहरी जवानले अनावश्यक,निर्दयीपूर्वक अत्याधिक वल प्रयोग गर्दै गोली हानेको पुष्टि हुँदा हुदै पनि कानुनी मृत्यु भन्न पक्षपात वाहेक केही हुन सक्दैन भन्ने त्यहाँ सुनुवाई सुन्न जाने सवैको कथन रहेको छ ।

No comments: