News

May 16, 2010

सत्ता र भत्ताका लागि मात्रै संविधानसभाको म्याद थप्न नहुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ मे,२०१०,वाणिज्य तथा आपुर्ति मन्त्री राजेन्द्र महतोले सत्ता र भत्ताको लागि मात्रै संविधानसभाको म्याद थप्न नहुने बताउनु भएको छ । मन्त्री महतोले जेठ १४ गते सम्म संविधान सभाको म्याद नथपिए त्यसपछि अर्को जनादेशको लागि निर्वाचनको विकल्प नरहेको बताउनु भयो ।
जनकपुरमा व्यापारी र पत्रकारहरुसंगको भेलालाई सम्बोधन गर्दै मन्त्री महतोले तीन दलले संविधान निर्माणको विश्वस्त आधार दिई अन्य राजनीतिक दलहरुलाई विश्वासमा लिएर मात्रै संविधान सभाको म्याद थप्नु पर्ने बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष समेत रहेका वाणिज्य तथा आपुर्ति मन्त्री महतोले आफ्नो पार्टी सहमति र लोकतान्त्रिक प्रक्रियाको आधारमा सरकार परिवर्तनको पक्षमा रहेको बताउनुभयो । उहाँले माओवादी सरकार परिवर्तनको पक्षमा रहेको तर संविधान निर्माणको पक्षमा त्यति जिम्मेवार नरहेको बताउनुभयो ।

No comments: