News

May 19, 2010

इटहरीमा झण्डै २ सय किशोरी यौन व्यवसायमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, जेठ ५- इटहरीमा बग्रेल्ती खुलेका क्याविन-रेष्टुरेन्टमा १ सय ९५ किशोरी यौन व्यवसायमा संलग्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यस क्षेत्रमा सञ्चालित झण्डै २ सय क्याविन–रेष्टुरेन्टमा १२ देखि २५ वर्ष उमेरका किशोरी यौन व्यवसायमा संलगन छन्। २५ वर्षमाथिका भने दर्जनौं महिला कामदार यौन व्यसायमा संलग्न छन्। तर यकिन तथ्याङ्क छैन्।
उप्का नेपालले सार्वजनिक गरेको तथ्याङ्कमा आदिवासी समुदायका ७०, बाहुन २२ र अन्य समुदायका ८ प्रतिशत किशोरी यौन व्यवसायमा संलग्न छन्। यौन व्यवसायमा संलग्न किशोरीको अवस्था दयनीय रहेको अध्यक्ष उद्धपकुमार राईले जानकारी दिए। क्याबिन–रेष्टुरेन्टमा काम गर्नेमध्ये २१ प्रतिशतले मात्र आफनो आय बचत गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ। बाँकीले जाँड–रक्सी, लागू पदार्थ, ट्याब्लेटलगायतका नसालु पदार्थ प्रयोग गर्न खर्च गर्ने उल्लेख छ।'अत्याधिक लागू पदार्थ सेवनका कारण तीन जना कामदारको मृत्युसमेत भइसकेको छ,' राईले भने- बाँकी कामदारमा फोक्सो, पाठेघरलगायतका समस्या छ। उनीहरुको स्वास्थ्य अवस्था खतरामा छ।

No comments: