News

May 21, 2010

सशस्त्र समूहले सरकारलाई हतियार बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२१ मे,२०१०अखिल तराई मुक्ति मोर्चाको विवेक समूहले आज सरकार समक्ष हतियार बुझाएको छ ।
जिल्ला विकास समिति पर्साको सभाकक्षमा मोर्चाका प्रमुख विवेक चौधरीको नेतृत्वमा रहेको समूहले आज शान्ति तथा पुनर्निर्माणमन्त्री रकम चेम्जोङ समक्ष हतियार बुझाएका हुन् । वैशाख २४ गते काठमाण्डौमा सम्पन्न वार्तामा सात दिनभित्र हतियार बुझाउने सहमति अनुरुप मोर्चाले हतियार बुझाएको हो ।
त्यस अबसरमा शान्ति तथा पुनर्निर्माण मन्त्री चेम्जोङले दुईचार सयको संख्याले हिँसात्मक गतिविधि गर्दे्रैमा केही उपलब्धी नहुने बताउदै माओवादीले १९ हजार लडाकु राखेर पनि अन्त्यमा शान्तिको बाटोमा आउनुपरेको धारणा राख्नुभएको थियो । मोर्चाले १२ बोरको बन्दुक ४ थान सो मा लाग्ने गोलि २ थान सेमी अटोमेटिक पेस्तोल १ थान नलकटुवा बन्दुक १३ थान र केहि विस्फोटक पदार्थहरु बनाउने बारुदको धुलोसमेत बुझाएको छ ।

No comments: