News

May 19, 2010

ठूला दललाई एक दर्जन साना दलको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ मे,२०१०,संविधानसभामा प्रतिनिधित्व गर्ने साना एक दर्जन दलहरुले संविधानसभाको म्याद थप गरेर शान्ति प्रकि्रयालाई टुङगोमा पुराई नयाँ संविधान बनाउनका लागि दवाब श्रृजना गर्न प्रमुख तीन दलसंग परार्मश गर्ने निर्णय गरेका छन् । राष्ट्रिय जनशक्ति पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले भोली दिउसो एक बजे संविधानसभा भवन नयाँ बानेश्वरमा एकीकृत माओवादी काँग्रेस र एमालेका शीर्ष नेताहरुसंग संविधानसभाको म्याद थप गर्नका संयुक्त छलफल गर्ने निर्णय गरेका हुन् ।
बैठकका निर्णयका बारेमा जानकारी दिदै राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष तथा दलका नेता डा.प्रकाशचन्द्र लोहनीले संविधानसभाको अवधि थप गर्न साना दल एक मत भएको जानकारी दिनुभयो । उहाँले संविधान सभा सम्बन्धी छलफल संविधान सभा भवनमै गर्नु पर्ने तथा यस्मा २५ वटै दलहरु लाई सहभागि गराउन बैठकले माग गरेको बताउनु भयो ।

No comments: