News

May 17, 2010

सहमतिको सरकारबारे दश दलको धारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ मे,२०१०,एकीकृत नेकपा माओवादीसहित साना १० दलले राष्ट्रिय सहमतिको सरकारबारे साझा अवधारणा आज सार्वजनिक गर्दैछ। यसका लागि माओवादीले आज ती दलसित अन्तर्क्रिया गर्ने भएको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भनिएको अन्तर्क्रियामा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, सरिता गिरी नेतृत्वको सदभावना पार्टी, नेकपा एकीकृत, नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चुरेभावर राष्ट्रिय एकता पार्टी, दलित जनजाति पार्टीलाई बोलाइएको छ।गत वैशाख २७ गते माओवादी केन्द्रीय कार्यालयमा बसेको दस दलको बैठकले जेठ १४ गतेसम्म संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्तिप्रकृया सफलतापूर्वक सम्पन्न गर्नु आजको सबभन्दा महत्त्वपूर्ण कार्यभार भएको ठहर गर्दै त्यसका लागि माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण रूपमा असफल भएको भन्दै राजीनामाको माग गरेको थियो।

No comments: