News

May 24, 2010

स्वायत्त संघीय राज्यका लागि र्याली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अग्रगामी शक्तिहरूको संयुक्त सरकार गठन र स्वायत्त स्वशासित संघीय राज्यका लागि संविधानसभाको आवाजलाई बुलन्द गर्दै नेवाः स्वायत्त राज्य मङका सघंर्ष समितिले शनिबार राजधानीमा एक बृहत् र्याली गर्यो। सहमतिको राजनीति कायम गर, संविधानसभाको रक्षा गरौं, संघीय गणतन्त्र नेपाल स्थापना गरौं, नेवाः भूमिको रक्षा गरौं आदि नारा लगाउँदै शंखधर शान्तिबाटिका पार्कमा भेला भई थालिएको र्याली पाटन मंगलबजारमा आमसभामा परिणत हुन पुगेको थियो। नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य किरण र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाइसकेपछि आयोजित आमसभामा संयुक्त संर्घष समितिले जेठ १८ ते नेपाल मण्डल बन्दको घोषणा गरेको छ।नेवाः राज्य घोषणा भइसकेको वर्तमान अवस्थामा अग्रगामी निकासका लागि स्थानीय निकाय हस्तक्षेप गरी नेवार इलाका निर्धारण गर्दै अगाडि बढ्नुको विकल्प नरहेको संयुक्त संर्घष समितिका अगुवाहरूले स्पष्ट पारे।

No comments: