News

May 16, 2010

पपस्टार कोमनसँग सेरेनाको बिहे हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ अमेरिकी पपस्टार कोमनले महिला टेनिसकी हस्ती सेरेना विलियम्सलाई भावी दुलहीका रूपमा लिएको खुलासा गरेका छन् । २८ वर्षीया कोमनले शनिबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै सेरेनासँग छिट्टै बिहे गर्ने बताएका थिए । 'निश्चय पनि मेरो विवाह सेरेनासँगै हुन्छ,' कोमनले स्पष्ट पार्दै भने, 'हामी एक-अर्कालाई निकै माया गर्छौँ ।' पछिल्ला दुई वर्षदेखि सेरेनासँग सम्बन्ध रहेको बताउँदै उनले भने, 'दुई वर्षदेखि सेरेनालाई माया गर्दै आइरहेको छु ।'
उनका अनुसार सेरेना पनि कोमनसँग विवाह गर्न इच्छुक छिन् । तर, सेरेनाले भने कोलनको प्रतिक्रियामा केही जवाफ फर्काएकी छैनन् ।सेरेनाको प्रत्येक खेल आफूले कहिले पनि नछुटाएको उनले बताए । स्टेज-सो तथा टेलिभिजन कार्यक्रममा व्यस्त हुँदा समय निकालेर सेरेनाको खेल हेर्न जाने गरेको उनले बताए ।
'याद भएसम्म मैले उनको सबै खेल हेरेको छु,' सम्बन्ध प्रस्ट्याउँदै कोमनले भने, 'कोर्टमा गएर उनलाई हौसला दिने गरेको छु ।' सेरेनासँगै हिँड्दा मिडियाले आफूहरूबीचको सम्बन्ध सोध्ने गरेको उनले बताए ।
मिडियालाई झुक्याएर भाग्ने गरेको प्रसंग बताउँदै उनले भने, 'कहिलेकाहीँ हामी मिडियादेखि भाग्थ्यौँ ।' सो कार्यक्रममा उनले रिचार्ड ब्रान्सोनसँग केही सम्बन्ध नभएको स्पष्ट पारे । 'रिचार्डसँग सम्बन्ध नै छैन, मेरो केवल सम्बन्ध छ सेरेनासँग,' उनले भने ।टेनिस जगतमा विलियम्स दिदीबहिनी उत्कृष्ट खेलाडी भएको उनको ठम्याइ छ । 'वषौर्ँदेखि उनीहरूले उत्कृष्ट खेल्दै आइरहेका छन् । मेरो नजरमा उनीहरू सर्वकालीन उत्कृष्ट खेलाडी हुन्,' उनले भने ।

No comments: