News

May 16, 2010

फिर्ता लियो माओवादीले अनिश्चितकालीन नाकाबन्दी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ मे,२०१०,एकीकृत माओवादीले नौ दिनदेखि आह्वान गरेको ओखलढुंगा नाकाबन्दी फिर्ता लिएको छ ।
प्राप्त समाचार अनुसार आफ्ना नेता तथा कार्यकर्ताहरुलाई एमाले निकट युथफोर्सले कुटपिट गरेको र पार्टी कार्यालय समेत तोडफोड गरेको भन्दै माओवादीले नौ दिनदेखि सदरमुकाममा नाकाबन्दी गर्दै आएको थियो । जनतालाई पर्न गएको मर्कालाई ध्यानमा राखी नाकाबन्दी फिर्ता लिएको एकीकृत माओवादी, ओखलढुंगाले जनाएको छ ।

No comments: